नबिल इक्वीटी फन्ड र नबिल ब्यालेन्स फन्ड-२ द्वारा इकाइधनीका लागि प्रतिफल घोषणा, कति पाउने भए ?

काठमाडौं। दुई सामुहिक लगानी कोष(म्युचुअल फन्ड)ले इकाइधनीलाई दिने प्रतिफल गत वर्षका तुलनामा निकै घटेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङका बुधबार प्रतिफलको घोषणा

सम्बन्धित सामग्री

पाँच म्युचुअल फण्डको प्रतिफल असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउने

काठमाडौं । पाँच म्युचुअल फण्डहरूले प्रस्ताव गरेको यस वर्षको लाभांश असोज १० गतेसम्म कायम रहेका इकाईधनीहरूले मात्र पाउने भएका छन् । एनएमबी फिफ्टी, एनएमबि हाईब्रिड फण्ड एल–१, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्वीटी फण्ड र प्रभु सेलेक्ट फण्डको प्रतिफल असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन् ।  यी पाँच कम्पनीहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि तय गरिसकेको बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरू मात्र प्रतिफल पाउन योग्य भएका हुन् ।  एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्न लागेका हुन् । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट एनएमबी फिफ्टीले करसमेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि करसमेत १५ प्रतिशत नै प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको हो । यस फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई करसमेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।  सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले पनि प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  त्यस्तै प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रस्तावित प्रतिफल प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को लागि करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो ।  कम्पनीहरूको बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको इकाई मूल्यसमेत समायोजन गरेको छ । नेप्सेले असोज १० गतेसम्म कायम इकाई मूल्यको आधारमा एनएमबी फिफ्टीको इकाई मूल्य प्रतिफलपछि ९ रुपैयाँ ७७ पैसा तोकेको छ । एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिफल पछिको इकाई मूल्य नेप्सेले ९ रुपैयाँ ८४ पैसा तोकेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ६७ पैसा र सानिमा इक्वीटी फण्डको इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । नेप्सेले प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजनपछि ८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

प्रतिफल हेरेर ठूला आयोजनालाई बजेट, खल्तीका योजनाले दबाव

२७ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० बजेटमा छिट्टै प्रतिफल दिनसक्ने खालका ठूला आकारका नयाँ आयोजनाहरुले बजेट पाउने भएका छन् । तर, राजनीतिक र प्राशसनिक पहुँचका आधारमा माग भएका नेता र कर्मचारीका ‘खल्तीका योजना’हरुले अर्थ मन्त्रालयलाई धर्मसंकट परेको छ । अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार आगामी वर्षको बजेट सिलिङ ननाघ्ने गरी बजेट बनाउन गृहकार्य भएको छ […]

एमसीसी कार्यान्वयन गर्न सबै दल लाग्नुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना कार्यान्वयन गरी समयमै प्रतिफल प्राप्त गर्नका लागि सबै राजनीतिक दलहरू लाग्नु पर्ने बताएका छन् । एमसीसी लागु भएसँगै नेपालमा उत्पादित बिजुलीले बजार पाउने उनको भनाइ थियो । संसदमा अनुमोदनका लागि टेबल गर्दै कार्कीले बिजुलीको अन्तरदेशीय व्यापारलाई सहयोग पुग्ने बताएका थिए। समयमै परियोजना कार्यान्वयन गरेर त्यसको प्रतिफल प्राप्त गर्नका […]

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

काठमाडौं । बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ । बैंक सञ्चालकहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि बैंकहरूको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । ‘बजारमा बैंक तथा वित्तीय संस्थाले अचाक्ली नाफा कमाए भनेर प्रचार भइरहेको र त्यसैअनुरूप राष्ट्र बैंकका निर्देशन पनि जारी भएका छन्,’ सिबिफिनले पुस दोस्रो साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूको पूँजी चार गुणाले वृद्धि भए पनि लगानीकर्ताले पाउने प्रतिफल भने घट्दै गएको छ ।’ प्रतिवेदनमा २०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर निरन्तर रूपमा घटीरहेको भन्दै यो चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै ब्याजदर निर्धारण हुन दिन, स्प्रेडदरको सीमा नलगाउन, शुल्कमा सीमा नतोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । त्यस्तै बैंकहरूको लगानीमा प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) पनि घट्दै गएको छ । सिबिफिनका अनुसार २०६८ सालमा १९ प्रतिशत रहेको यस्तो प्रतिफल २०७३ सालमा २३ प्रतिशत पुगेको थियो । त्यसपछि भने घट्दै २०७७ सालमा १२ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बैंक तथा वित्तीय संस्थाका लगानीमा प्रतिफल खुम्चिए पनि खराब नरहेको बताउँछन् । ‘बैंकहरूको प्रतिफलदर घट्दै गएको छ,’ उनले भने, ‘तर, अझै पनि बैंक निक्षेपबाट पाउने प्रतिफलको तुलनामा यो उच्च नै भएकाले यसलाई नराम्रो मान्न हुँदैन ।’ बैंकर अनलराज भट्टराई बैंकहरूको पूँजी वृद्धिको तुलनामा नाफा बढ्न नसक्दा शेयरधनीले पाउने प्रतिफल पनि खुम्चिँदै गएको बताए । तर, बैंकको लगानीलाई दीर्घकालीन रूपमा हेर्नुपर्ने भएकाले केही समय यसको प्रतिफल खुम्चिँदैमा आत्तिन नहुने उनको भनाइ छ ।

बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो । १२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ । सन् २००९ मा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसतमा २७.५१ प्रतिशत थियो । २०२१ अप्रिलमा आइपुग्दा बैंकहरुको प्रतिफल औसतमा १३.८१ प्रतिशतमा झरेको छ । ने...

एक दशकमा बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो ।१२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ […]

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

काठमाण्डाै – सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।  योगदानकर्ताको वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममध्येबाट गएकाे वर्ष उक्त प्रतिफल दिन सकिने प्रारम्भिक प्रतिवेदनले देखाएको कोषले जनाएको छ । गत आवको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहेको भए पनि प्रारम्भिक प्रतिवे...