नेप्सेमा एनएमबिका २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाको इकाई मूल्य समायोजन भएको छ । दुवै योजनाले लाभांश वितरणको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मुल्युआ समायोजन भएको हो । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ को मूल्य समायोजन भएको हो । दुवै योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेकोले दुवै योजनाको २१.०५२६३  प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि एनएमबि हाईब्रिड फण्ड एल १ को ९.७८ रुपैयाँ कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य ११.८९ रुपैयाँ रहेको थियो । त्यस्तै  एनएमबि फिफ्टीको इकाई मूल्य १०.४९ रुपैयाँ कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य १२.६० रुपैयाँ थियो ।  एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। दुवै म्युचुअल फण्ड योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।