१० ओटा म्युचुअल फण्डद्वारा प्रतिफल वितरण गर्ने घोषणा, कुन-कुन कम्पनीको कति ?

साउन २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २३ ओटा म्युचुअल फण्डमध्ये १० ओटा म्युचुअल फण्डले इकाईधनीहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेका छन् ।  १० ओटै फण्डले गत आव २०७७/७८ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । १० ओटा म्युचुअल फण्ड मध्ये लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले इकाईधनीको खातामा लाभांश पठाएको जानकारी गराएका छन् ।  लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश साउन १९ गतेदेखि खातामा पठाउन शुरु गरेको हो । यस फण्डको नगद लाभांश साउन १२ गतेसम्म कायम इकाईधनीले पाएका छन् । त्यसैगरी, लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश साउन २१ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन शरु गरेको हो । साउन १४ गतेसम्म कायम इकाईधनीहरुले उक्त नगद लाभांश पाउनेछन् ।  १० ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी एनआइबिएल प्रगाति फण्ड र एनआइबिएल सहभागिता फण्डले आप्mना इकाईधनीहरुलाई ५०÷५० प्रतिशत इकाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश वितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छन् । यस आधारमा साउन २८ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी ४ ओटा योजनाले बुक क्लोजको मिति तय गरेका छैनन् । त्यसैगरी कुमारी इक्विटी फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस नगद लाभांश वितरण प्रयोजनको लागि योजनाले बुक क्लोज साउन २५ गते गर्ने भएको छ । यस आधारमा साउन २४ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।                                                                         स्रोत : म्युचुअल फण्डद्वारा प्रकाशित नोटिस

सम्बन्धित सामग्री

सिटिजन्स म्युचुअल फण्ड–२ ले वितरण गर्‍यो प्रतिफल

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले यस वर्षको प्रतिफल वितरण गरेको छ । योजना व्यवस्थापकले असोज ८ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा करसमेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएको जानकारी दिएको हो । नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउनसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । प्रतिफल प्रयोजनका लागि योजनाले भदौ १९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूका लागि मात्र योजनाको प्रतिफल वितरण गरिएको हो । भदौ १८ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुुकुवापत्र प्राप्त भएपछि मात्र प्रतिफल जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्डले शुक्रवारदेखि प्रतिफल वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले करसमेत १६ प्रतिशत प्रतिफल असोज २६ गते शुक्रवारदेखि वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष करसमेत उक्त लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।

पाँच म्युचुअल फण्डको प्रतिफल असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउने

काठमाडौं । पाँच म्युचुअल फण्डहरूले प्रस्ताव गरेको यस वर्षको लाभांश असोज १० गतेसम्म कायम रहेका इकाईधनीहरूले मात्र पाउने भएका छन् । एनएमबी फिफ्टी, एनएमबि हाईब्रिड फण्ड एल–१, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्वीटी फण्ड र प्रभु सेलेक्ट फण्डको प्रतिफल असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन् ।  यी पाँच कम्पनीहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि तय गरिसकेको बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरू मात्र प्रतिफल पाउन योग्य भएका हुन् ।  एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्न लागेका हुन् । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट एनएमबी फिफ्टीले करसमेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि करसमेत १५ प्रतिशत नै प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको हो । यस फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई करसमेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।  सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले पनि प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  त्यस्तै प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रस्तावित प्रतिफल प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को लागि करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो ।  कम्पनीहरूको बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको इकाई मूल्यसमेत समायोजन गरेको छ । नेप्सेले असोज १० गतेसम्म कायम इकाई मूल्यको आधारमा एनएमबी फिफ्टीको इकाई मूल्य प्रतिफलपछि ९ रुपैयाँ ७७ पैसा तोकेको छ । एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिफल पछिको इकाई मूल्य नेप्सेले ९ रुपैयाँ ८४ पैसा तोकेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ६७ पैसा र सानिमा इक्वीटी फण्डको इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । नेप्सेले प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजनपछि ८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज म्युचुअल फण्ड योजनाद्वारा १० करोड ३२ लाख प्रतिफल वितरणको निर्णय

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल आजदेखि वितरण गरिने

भदौ २२, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले आज (मंगलवार) गतेदेखि इकाईधनीहरुमा प्रतिफल वितरण गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले प्रतिफल प्रयोजनका लागि भदौ १६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १५ गतेसम्म कायम शेयरधनीहरु मात्र फण्डको प्रतिफल प्राप्त गर्न योग्य भएका छन् ।  फण्डले इकाईधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै नगद लाभांश जम्मा गर्न लागेको हो । यसर्थ हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न फण्डले आग्रह गरेको छ ।  साथै, आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा प्रस्तुत गर्न फण्डले आग्रह गरेको छ ।

प्रतिफल वितरण हुने

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न […]

सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% प्रतिफल वितरण गर्ने

साउन ३२, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  यस प्रतिफलका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । यस फण्डले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।  असार मसान्तसम्म यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूूल्य रू. १९ दशमलव २१ रहेको छ । यस अवधिसम्म फण्डले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा गरेको छ ।

सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्दै

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।