हालसम्म आधा दर्जन म्युचुअल फण्डको लाभांश घोषणा , कुनको कति ? (सूचीसहित)

हालसम्म ६ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल र सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।  सिद्धार्थ व्यवस्थित लगानी योजनाले भने लाभांश दिने छैन। 

सम्बन्धित सामग्री

प्रभु क्यापिटलले ९.५ प्रतिशत नगद लाभांश दिने

२६ भदौ, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको २५ भदौ सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त योजनाको इकाइधनी दर्ता किताब बन्द हुने […]

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश घोषणा

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९-८०का लागि लाभांश घोषणा गरिएको छ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको […]

एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन्। क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्ड ले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएको छ  । त्यस्तै क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।एन आई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो  । त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो।

सानिमा इक्विटी फण्डको लाभांश घोषणा

सानिमा इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक सानिमा  कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको लाभांश घोषणा भएको छ  ।क्यापिटलले सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड  नामक योजनाको आर्थिक बर्ष २०७८।७९ सम्मको मुनाफा तथा संचित रकम बाट योजनाका ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।जस अनुसार फण्डले इकाईधनीहरुलाई २२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।  क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । यस योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।क्यप्तिअलले लाभांश बितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ ।

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।

एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश घोषणा गरेका हुन् ।जस अनुसार एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति पनि तय गरेको छ । क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।

नबिल म्युचुअल फण्डद्वारा लाभांश घोषणा

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाई धनीलाई आर्थिक वर्ष २०७७/०७८ को लागि लाभांश घोषणा गरेका हुन् । जसअन्तरगत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत करसहित र नबिल इक्विटी फण्डले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको […]

नबिल म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।जस अन्तर्गत नबिल ब्यालेन्स्ड फन्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।यी दुई फन्डहरुको कोष प्रवर्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक नबिल

नबिल इन्भेष्टमेन्टले संचालन गरेका २ म्युचुअल फण्डको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो । जस अनुसार नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड  बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै  नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत नगद लाभांश घोषणा

७ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आफ्ना शेयर धनीहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई सो लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको लक्ष्मी क्यापिटल मार्केटले […]