चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित ७३ बुँदामध्ये १२ वटामा शून्य प्रगति देखिएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले शुक्रबार एक कार्यक्रम आयोजना गरी निजी क्षेत्रसँग सम्बद्ध ७३ बुँदाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो ।