जलनका विरामीको अवस्था बुझ्न अस्पताल पुगे ओली

काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मोरङको उर्लाबारीमा आगलागीमा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । ओलीले आज (शुक्रबार) कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था जानकारी लिएका हुन् । अध्यक्ष ओलीले जलनका विरामीहरुको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । अध्यक्ष आलीलाई उपचारमा खटिएको […]

सम्बन्धित सामग्री

माधव कुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड पुगे शिक्षण अस्पताल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई निमोनिया देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हाल अस्पतालमा रहेका नेपालको स्वास्थ्य सुधारउन्मुख रहेको बताइएको छ। नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज अस्पताल पुगेका थिए। उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपालको स्वास्थ्य अवस्था…

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक : अस्पताल

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।  जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । यस्तै मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालको भनाइ छ ।

प्रदीप गिरिको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगिन् राष्ट्रपति

काठमाडौं : मेडिसिटी अस्पताल उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्।नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएपछि राष्ट्रपति भण्डारी उनलाई भेट्न शनिबार अस्पताल पुगेकी हुन्। बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।राष्ट्रपति भण्डारी करिब एक घण्टा अस्पतालमा बसेकी थिइन्।शनिबार विहा

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पताल पुग्दै

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्नको लागि गिरि उपचारार्थ मेडिसिटी अस्प्ताल जाने भएकी छिन् । उनी अहिले केहीबेरमा अस्पताल पुग्ने जनाईएको छ । गिरिलाई निमोनिया देखिएको छ । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पताल पुगेर गिरीको स्वास्थ्य […]

पाकिस्तानका पूर्वराष्ट्रपति अस्पताल भर्ना, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको छ । पछिल्लो तीन सातादेखि दुबईस्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पारिवारिक स्रोतका अनुसार मुटुमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको छ । अस्पतालका […]

पाकिस्तानका पूर्व सैनिक शासक मुशर्रफ अस्पताल भर्ना, अवस्था गम्भीर

काठमाडौँ- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन सातायता दुबईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् । उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने संकेत देखिएको […]

पटेर्वा सुगौलीमा आमरण अनशनमा बसेका युवकको अवस्था नाजुक, अस्पताल भर्ना

वीरगंज : स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विगत सात दिनदेखि आमरण अनशनमा बसेका युवक रामजन्म चौधरीको अवस्था नाजुक बनेको छ। अनशनको आइतवार ७औँ दिन उनको अवस्था बिग्रेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ बस्ने २८ वर्षीय चौधरी कृषि भेटनरी प्राविधिक हुन्। उनले गाउँपालिकामा…

संक्रमितले भरिए अस्पताल, अवस्था झन् भयावह

कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्...

कस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अवस्था ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका शाहको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । यस्तै शाहसँगै अस्पताल भर्ना भएका पूर्वराजी कोमल, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको छ । शाहसहित ३ जनालाई डा. श्रीवास्तव र डा. जेपी जैसवालको टिमको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।केही समय पहिले भारतको हरिद्वारमा कुम्भ मेलामा सामेल भ

कस्तो छ नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था?

काठमाडौं : मस्तिस्कघात भइ उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। गत फागुन १३ गते राति जोशीलाई मस्तिस्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल पुर्‍याइएको थियो। पूर्वमन्त्रीसमेत रहेका जोशीको बीचमा स्वास्थ्य सुधार हुने क्रम देखिएको थियो। त्यसपछि भेन्टिलेटरबाट हटाइएको थियो। तर पुन स्वास्थ्य अवस्था बिग्रिएपछि…