कस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अवस्था ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका शाहको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । यस्तै शाहसँगै अस्पताल भर्ना भएका पूर्वराजी कोमल, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको छ । शाहसहित ३ जनालाई डा. श्रीवास्तव र डा. जेपी जैसवालको टिमको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।केही समय पहिले भारतको हरिद्वारमा कुम्भ मेलामा सामेल भ

सम्बन्धित सामग्री

दुई साता भैरहवा मुकाम बनाएर के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लाे आइतबार भैरहवा आएका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् ।  एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए । शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे । […] The post दुई साता भैरहवा मुकाम बनाएर के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र  जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहा

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार नेपाल फर्किएका छन्। असारको पहिलो साता थाइल्यान्ड गएका शाह शुक्रवार राति नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए। पूर्वराजा शाहसँगै पूर्व रानी कोमल शाह पनि नेपाल फर्किएकी हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाह किन विदेश जाँदैछन्

काठमाडौं, ३० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् । शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बुझिएको छ । थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले […]

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् । उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ। पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ । शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ। हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार […]

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा (तस्बिरसहित)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगेर रमाएका छन्। शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लबमा पुगेका हुन्। त्यहाँ उनले करिब सवा १ घण्टा समय विताएको बताइएको छ। त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ जस्ता नारा लगाएका थिए। राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्दै भिभिआईपी कक्षतर्फ अघि […]

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

काठमाडौं  ः पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।  संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएर बुधबार राति नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोरोना भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।  अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो। कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको ती

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । शाहको पीसीआर टेपटबाट नेगेटिभ आएको बुझिएको छ । नर्भिक अस्पतालमा १० वैशाखदेखि शाहको उपचार भइरहेको थियो । उनलाई अक्सिजन दिन छाडिएको केही दिन भएको थियो । चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको शाह भोलि नै डिस्चार्ज हुनसक्ने बुझिएको छ । यसैगरी, पूर्वरानी कोमल शाहको […]

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न न...