सत्यमोहन जोशीको अवस्था चिन्ताजनक : अस्पताल

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।  जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । यस्तै मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालको भनाइ छ ।   

सम्बन्धित सामग्री

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशी आइसीयूमा

मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।