काठमाडौं । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुस ५ गते हठात रुपमा भंग भएपछि सिंगो मुलुक आन्दोलित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको उक्त कदमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पार्ने भन्दै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ/संगठनले विरोध गर्दै आन्दोलन गरिरहेका छन् । नेकपाको ओली पक्षबाहेक सिंगो मुलुक संसद विघटनको विरुद्धमा एकताबद्ध भइरहेको छ ।संविधानसभाबाट संविधान बनाउने २००७ सालदेखिको सपना ‘नेपालको संविधान २०७२’ मार्फत पूरा भयो । यो संविधानला