नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका भरतकुमार शाह र इतर पक्षबाट रुकुमका अमर सिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।शाहको प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिए छन् । यस्तै, महामन्त्री पदका लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार छन् । सह–महामन्त्रीमा १ महिलासहित ३ पदका लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै