काँग्रेस अधिवेशन : गण्डकी प्रदेशमा पौडेल पक्षको बर्चस्व

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी भएका हुन । गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अन्य पदाधिकारीमा पौडेलले पक्षले विजय हासिल गरेको छ ।सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन पक्षले एकल उमेदवारका रुपमा केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई उभ्याए

सम्बन्धित सामग्री

गण्डकीमा काँग्रेस अधिवेशन : जोशी र शर्माबीच कडा प्रतिस्पर्धा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापति सहितका पदाधिकारीका लागि पोखराको प्रदर्शन केन्द्रमा मतदान चलिरहेको छ । प्रदेश सभापति सहितका पदाधिकारीका लागि जारी मतदानमा नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेश कार्यसमिति चयनका लागि प्रदेशभरका १०८५ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानस्थल बाहिर उम्मेदवार समर्थकहरुले हुटिङसहितको उम्मेदवारको पक्षमा नाराबाजी गरिरहेका छन् ।गण्डकी प्

गण्डकीमा काँग्रेस अधिवेशन : जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिका लागि संस्थापन र संस्थापन इतर दुवै पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्मा उम्मेदवार बनेका छन् । मनोनयनका लागि शुक्रबार तोकिएको अन्तिम समयमा आएर जोशी र शर्मा दुवैले आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।महामन

काँग्रेस अधिवेशन : गण्डकी प्रदेश सभापतिमा आकांक्षी बढ्दै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् । अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेशमा ११ जिल्ला