नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पार्टीको जिल्ला नेतृत्व छनोट विवादित भएको छ । संस्थापन पक्षले हुम्ला सभापतिमा मोहनविक्रम सिंह सर्वसम्मत रुपमा चयन भएको बताउँदै आएको छ । तर इतर पक्षले भने सिंहलाई सभापति चयन गरिएको संस्थापन पक्षको दाबीलाई अस्वीकार गर्दै आएको छ ।विवाद बढ्दै जाँदा हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति गठन भएका छन् । संस्थापन पक्षले सर्वसम्मत रुपमा गठन भएको भनिएको कार्यसमितिलाई चुनौती दिँदै रामचन्द्र पौडेल पक्षले छुट्टै कार्यसमिति घोषणा गरेको