काँग्रेस अधिवेशन : मकवानपुरमा नेतृत्वका लागि सहमति खोज्ने कि दोस्रो चरणको निर्वाचन ?

नेपाली काँग्रेसको मकवानपुर जिल्ला अधिवेशन थप रोचक बनेको छ । जिल्ला नेतृत्व चयनका लागि सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणमा मतदान गर्नुपर्ने भएको छ । जिल्ला नेतृत्वका लागि संस्थापन पक्षका दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने भएपछि चुनावी सरगर्मी पनि बढेको छ । संस्थापन इतर पक्षका उम्मेदवार जयराम लामिछानेले सोमबार भएको मतदानमा ५३१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे । उनी सभापति पदको रेसबाट बाहिरिएका छन् ।काँग्रेस मकवानपुर