नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा संस्थापन र इतर पक्षले सभापति पदका लागि उम्मेदवार टुंगो लगाएका छन् । जसअनुसार संस्थापन पक्षले ललितजङ्ग शाहीलाई र इतर पक्षले भुपेन्द्रजङ्ग शाहीलाई सभापति पदको उम्मेदवार बनाएको छ ।अहिलेसम्म दुवै पक्षले प्यानल भने घोषणा गरेका छैनन् । यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेको पक्ष भनिने इतर पक्षले प्यानल घोषणाको तयारी गरिरहेको छ । संस्थापन पक्षबाट यसअघि मुख्यमन्त्री जीवनबहादुर शाही पनि सभापति पदको दाबेदार मानिएको थियो । तर मुख्यमन्त्री शाहीले आफू