काँग्रेस अधिवेशन : लुम्बिनीमा पौडेल पक्षका उम्मेदवारको अग्रता कायमै

काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा सुरुवाती चरणदेखि संस्थापन इतर पक्षका उम्मेदवारले अग्रता लिएकोमा पछिल्लो समय मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेका छन् ।संस्थापन इतर पक्षबाट सभापति पदका उम्मेदवार अमरसिंह पुन ३६५ मत गन्दा ६९ मतले अगाडि थिए भने ४७८ मत गन्दा उनले २९५ मत हासिल गरेका छन् भने संस्थापन पक्षका भरतकुमार शाहले १७८ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा संस्थापन इतर पक्षका अष्टपुजा पाठक २७६ र भुवनप्रसाद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन् ।यता शाहको प्यानलबाट उपसभापतिमा राजु खनाल र