काँग्रेस अधिवेशन : गण्डकीमा पौडेल पक्षलाई सभापतिको उम्मेदवार तोक्न सकस

 नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकीमा संस्थापन पक्षले उम्मेदवार छनौट गरिसक्दा समेत रामचन्द्र पौडेल लगायत संस्थापन इतर पक्षले आफ्नो उम्मेदवार तय गर्न सकेको छैन । प्रदेश सभापतिका लागि मनोनयन दर्ता गर्ने दिनसम्म पनि संस्थापन इतर पक्षबाट ५ जनाले सभापतिका लागि दाबी गरेका छन् ।प्रदेश सभापति पदका लागि उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुको लगातार बैठक चले पनि उम्मेदवार छान्न सकेका छैनन् । धेरै आकांक्षी भएपछि साझा उम्मेदवार तय गर्न इत

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ ।  ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्...

गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने

गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेदवार छन् । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदा

गण्डकीमा काँग्रेस अधिवेशन : जोशी र शर्माबीच कडा प्रतिस्पर्धा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापति सहितका पदाधिकारीका लागि पोखराको प्रदर्शन केन्द्रमा मतदान चलिरहेको छ । प्रदेश सभापति सहितका पदाधिकारीका लागि जारी मतदानमा नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेश कार्यसमिति चयनका लागि प्रदेशभरका १०८५ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानस्थल बाहिर उम्मेदवार समर्थकहरुले हुटिङसहितको उम्मेदवारको पक्षमा नाराबाजी गरिरहेका छन् ।गण्डकी प्

गण्डकीमा काँग्रेस अधिवेशन : जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिका लागि संस्थापन र संस्थापन इतर दुवै पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्मा उम्मेदवार बनेका छन् । मनोनयनका लागि शुक्रबार तोकिएको अन्तिम समयमा आएर जोशी र शर्मा दुवैले आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।महामन