सुर्खेत : डोल्पाको जिल्ला अस्पताल अर्थात् दुर्गममा रहेको स्वास्थ्य संस्था अहिले विरामी अवस्थामा रहेको छ। अस्पतालमा आउने विरामीले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्। अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेटर चलाउने बजेट अस्पतालसँग छैन। उता विद्युत् भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले अस्पतालमा आउने लाइन लोडसेडिङको सूचीमा राखेको छ।अस्पतालमा भर्ना भएर उपचार गर्ने अधिकांश विरामी अक्सिजन लगायतका अन्य विद्युत्बाट हुने काम गर्दा हैरानी व्यहोर्ने गरेका