कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएको छ । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यको नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन् । अस्पतालमा व्यवस्थापन समिति नै नेतृत्वविहीन भएपछि उपचार सेवाका लागि प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका लागि छुट्टयाइएका ६० बेड भरिएका छन् । तर, व्यवस्थापन समितिमा नयाँ