गुणस्तरीय सेवा दिएपछि खचाखच सरकारी अस्पताल

बागलुङ : सरकारी अस्पताल भन्नेबित्तिकै धेरैलाई लाग्थ्यो, उपचार राम्रो हुन्न‚ सेवा पाउन गाह्रो हुन्छ। पालो पाइँदैन। बागलुङको धौलागिरी अस्पताल पनि केही वर्ष अगाडिसम्म यस्तै थियो। बागलुङमा कोही बिरामी हुनासाथ पोखरा वा काठमाडौँ जान्थे।यो अस्पतालमा बिरामीको चाप निकै कम थियो। धौलागिरी अस्पताललाई रिफर सेन्टरका रूपमा मात्रै लिने गरिन्थ्यो। अहिले यसको मुहार पूरै फेरिएको छ। अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएको छ। आमनागरिकले हेर्ने दृष्टिकोण पनि फरक बनेको छ।ग