काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी