काठमाण्डाै – भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ ।कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण...