बीबीसी। करिब २०० अमेरिकी कम्पनीमाथि पछिल्ला दिनमा साइबर आक्रमण भएको छ। ह्याकरहरुले धेरैजसो सूचना प्रविधि कम्पनीलाई निशाना बनाएका छन्। यो आक्रमणका पछाडि ‘रेवि रेन्समवेयर’ गिरोहको हात रहेको हन्ट्रेस ल्याब्सले जनाएको छ। आईटी कम्पनी कासियाले पनि सम्भावित साइबर हमलाको जाँच गरिरहेको जनाएको छ। अमेरिकी संघीय एजेन्सीले पनि छानबिन गरिरहेको बताएको छ।