साइबर आक्रमण गरेर बौद्धिक सम्पत्ति चोरेको अरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका–१ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल छन् । ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच राखेर उनले बौद्धिक सम्पत्ति चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले अर्काको बौद्धिक सम्पत्तिमा आघात पारेर आर्थिक लाभ लिने मनसायले स्थानीय तहलाई सो सफ्टवेयर वितरण गरेका छन् । आरोपीले ललितपुरको सानेपास्थित म्याट्रिक्स सफ्टेक