अमेरिकामा शक्तिशाली साइबर आक्रमण : झण्डै दुई सय व्यवसाय प्रभावित

काठमाण्डाै - अमेरिकामा शक्तिशाली साइबर आक्रमण भएको छ । झण्डै दुई सय वटा व्यवसाय प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरले मायामीमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए । त्यसपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट र्यानसमवेयर आक्रमण फैलिएको थियो । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको र आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न भनेको बीबीसीले उल्लेख गरेको छ । रुसबाट भएको फिरौती उठाउने साइबर हमलाकारीको समूह रीभीलले आक्रमण ...

सम्बन्धित सामग्री

एअर इण्डियामा साइबर आक्रमण, ४५ लाख ग्राहकको डाटा प्रभावित

काठमाण्डाै – भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ ।कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण...