कालीकोट – कालीकाेटकाे सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक छनाेट गर्न शुरु गरेकाे छ । सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यस गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनाेट गर्न थालेकाे हाे । सान्नीत्रिवेणी यसरी प्रधानाध्यापक छनाेट गर्ने पहिलाे गाउँपालिका बनेकाे छ ।
यसअघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था थियो । प्रधानाध्यापक र...