महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई आयोगको टोलीले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको संयुक्त टोलीले दुवै जनालाई महोत्तरीको सदरमुकाम जलेश्वर