रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ

राैतहट – रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहाका प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई घुससहित पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जनाएको छ । करार अवधि थप गर्न सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बिहान रौतहटको यमुनामाई गाउँपालिका वडा ४ चन्द्रनिगाहपुरबाट उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । ठाकुरसहित दिपेन्द्र सर्...

सम्बन्धित सामग्री

किर्ते गरेको आरोपमा कालीकोटको देव माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ

कालीकोट - कालीकोट महावै गाउँपालिका–३ का ५४ वर्षका देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई आफ्नो र लेखापालको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको आरोपमा हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ । ठकुरीले विद्यालयको खाताबाट १७ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको र दस्तखत किर्ते गरेको कसुरमा गएको पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दर्ता भएको थियो । पक्राउ परेका प्रधानाध्यापक ठकुरीका बारेम...

३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको एक विद्यालयका प्रधानाध्यापक र सोही बिद्यालयका कार्यालय सहयोगी तीन लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । इशनाथ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान […] The post ३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीन लाख घुस रकमसहित प्रधानाध्यापक पक्राउ

काठमाडौँ – रौतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापकसहित दुई जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले […]

३ लाख घूससहित प्रधानाध्यापक पक्राउ

चैत ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले ३ लाख रुपैयाँ घूस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् । अख्तियारले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घूस लिएको दावी गरेको छ । सेवाग्राहीबाट घूस/ रिसवत लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको बताएको छ ।