समाचारको शीर्षक पढ्नेबित्तिकै तपाईंलाई लाग्नसक्छ–चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले किन कन्सर्ट गर्न लाग्यो होला ? हो, आयोगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनभन्दा अगाडि भ्याएसम्म देशका ७७ वटै जिल्लामा सांगीतिक कन्सर्ट गर्ने योजना बनाएको छ ।सामान्यतयाः कलाकारहरुको समूहले बाजागाजासहित दर्शकहरुलाई मनोरञ्जन दिन कन्सर्ट गर्ने गरिन्छ । बाजा बजाएर, गाएर र नाचेर गरिने सांगीतिक महौलबाट दर्शकले मनोरञ्जन पाउँछन् । तर निर्वाचन आयोगले भने मतदाता शिक्षा दिनका लागि यस्तो कन्सर्टको आयोजन