दाङमा भिटेनको कन्सर्ट

अनाथ बालबालिको सहयोगार्थ २३ असोजमा दाङको तुलसीपुर अरनिको मैदानमा एक दिनको कन्सर्ट आयोजना हुने भएको छ । विजयादशमीको अवसर पारेर आयोजना हुन लागेको कन्सर्ट युवा पुस्ता माझ निकै लोकप्रिय र्यापर समिर घिसिङ ‘भिटेन’को समेत प्रस्तुति रहनेछ । कार्यक्रममा भिटेनले आफ्ना पछिल्ला चर्चित गीत प्रस्तुत गर्नेछन् । सोही कार्यक्रममा ‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवार, नेपाल आइडल सिजन वान प्रतियोगी प्रताप दासको अलवा गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठ ल