अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् ।
विगत २ हप्तादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको संख्या न्यून छ ।
स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरूले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ । जिल्ला उद्योग वाणिज्य संघका महासचिव शिवच...