काठमाडौँ। विश्व मिडवाईफ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईदैछ । काठमाडौँ विश्व विद्यालय धुलिखेल अस्पतालले मिडवाईफ दिवसको पूर्व सन्ध्यामा बिहीबार एक कार्यक्रमको आयोजना गरी मनायो । अस्पतालले मिडवाईफ विभाग स्थापना गरेको एक वर्ष पुरा भएको दिनका अवसर तथा विश्व मिडवाईफ दिवसका अवसरमा मिडवाईफ सेवाग्राही र स्त्रीरोग विभागका डाक्टर, नर्सहरुले एकआपसमा खुसी साटासाट गरेका थिए […]