काठमाडौँ : ‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ आज दशौँ विश्व ‘माटो दिवस’ मनाइएको छ। नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाइयो।यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ।नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या