निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ३९ ओटा सवारी साधनलाई होल्डमा राखियो

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गर्ने २ हजार ३९ वटा सवारी साधनलाई होल्डमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। होल्डमा राखिएकामध्ये १ हजार ४८८ वटा २ पाङ्ग्रे, ३७७ वटा चारपाङग्रे र १७४ वटा ठूला सवारी साधन छन्। ती सवारी साधनलाई बेलुकीमात्र छाडिएको थियो। निशेधाज्ञा अवज्ञा गरी काठमाडौ प्रवेश गर्न खोज्ने २० वटा सवारी साधनलाई नागढुङ्गा र ९० वटालाई भक्तपुर नाकाबाट प्रहरीले फिर्ता पठाइएकोछ।

सम्बन्धित सामग्री

निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई जरिवाना

काठमाडा। बितेको २४ घण्टामा निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई नेपाल प्रहरीले कारवाही गरेको छ। स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका कारण उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण बढेपछि अहिले देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये ६ मा आंशिक र ६७ जिल्लामा पूर्ण निषधाज्ञा छ।

निषेधाज्ञको अवज्ञा गर्ने ३ हजार ५५७ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबीस घण्टामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ३ हजार ५५७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकामध्ये १ हजार ३७ वटा गाडी र २ हजार ५२० वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।निषेधाज्ञा जारी गरिएका स्थानमा प्रहरीले अत्यावश्यक सेवा तथा पास भएकाबाहेक अन्यलाई निषेध गरिएको छ।

निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८०७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८ सय ७ वटा सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमा १ हजार २७७ वटा गाडी र २ हजार ५३० वटा मोटरसाइकल रहेका छन्। यस्तै, विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ९ हजार ८५२ जनालाई होल्डमा राखी सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ।

ललितपुरमा मात्र निषेधाज्ञा अवज्ञा गर्ने ७७ जनाले तिरे जरिवाना

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा बनाइएको छ। प्रहरीले यस पटकको निषेधाज्ञामा अवज्ञा गर्नेलाई होल्डिङ सेन्टरमा राख्ने मात्र होइन जरिवाना समेत लिने गरेको छ। अनावश्यकरुपमा हिंड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लिने गरेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बुधवार मात्र ७७ जनालाई एक सय रुपैयाँ जरिवाना तिराएको…

निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ९८ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ९८ ओटा सवारीसाधनलाई होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामा १ हजार ६ सय ९ ओटा दुई पाङग्रे, ४०३ ओटा चार पाङग्रे र ८६ ओटा ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञा अवज्ञा गर्ने १९ सयभन्दा बढी सवारीसाधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारवाही

रुपन्देहीमा निषेधाज्ञा कडाइ गर्ने क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने ८ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी...

निषेधाज्ञा अवज्ञा गर्ने तीन जना जेल चलान

रूपन्देहीमा बिहीवार निषेधाज्ञाको अवज्ञा गर्ने ३ जना जेल चलान भएका छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ का २७ वर्षीया दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीया श्याम दुबे र मायादेवी–२ कै ३४ वर्षीया महेन्द्र कोहार जेल चलान भएका हुन् ।  पक्राउ परेका ८ जनामध्ये ३ जना एक महिनाको लागि जेल चलान भएका हुन् ।  निषेधाज्ञाको अवज्ञा गरेर हिँडडुल गर्ने काठमाडौँका ५२ वर्षीया हरि शाही ठकुरी, सिद्धार्थनगरका ९ का ३८ वर्षीया इरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ व...

निषेधाज्ञा अवज्ञा गर्ने १५ सय बढी सवारीसाधन कारबाहीमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्ने १५ सयभन्दा बढी सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि जारी निषेधाज्ञालाई अवज्ञा गर्ने १५ सय बढी चार पाङ्ग्रे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, १२ बजेसम्म १५ सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं, विस्तारै थप कडाइ गर्छौं।" उपत्यकाभरी १३ सय प्रहरी परिचालित छन्।