ललितपुरमा मात्र निषेधाज्ञा अवज्ञा गर्ने ७७ जनाले तिरे जरिवाना

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा बनाइएको छ। प्रहरीले यस पटकको निषेधाज्ञामा अवज्ञा गर्नेलाई होल्डिङ सेन्टरमा राख्ने मात्र होइन जरिवाना समेत लिने गरेको छ। अनावश्यकरुपमा हिंड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लिने गरेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बुधवार मात्र ७७ जनालाई एक सय रुपैयाँ जरिवाना तिराएको…

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कार्वाही

चितवन। कोरोनाका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कार्वाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कार्वाही गरिएको हो। उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेकाले उनीहरुलाई कार्वाही गरेको हो।

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको […]

सर्वसाधारणलाई निषेधाज्ञा, नेताहरुलाई छैन

काठमाडौं, १२ जेठ । सरकारले निषेधाज्ञामा थप कडाई गरेको छ । हिंडडुल समेत अत्यावश्यकबाहेकको अवस्थामा निषेध गरिएको छ । किराना पसलसमेत एक हप्ता बन्दको आदेश हिजोबाट काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आएको छ । निषेधाज्ञाको अवज्ञा गर्नेलाई ५ लाखसम्म जरिवाना छ । मास्क नलगाउनेलाई समेत जरिवानाको व्यवस्था गरिएको छ । अत्यावश्यकबाहेकका सेवा ठप्प […]

निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई जरिवाना

काठमाडा। बितेको २४ घण्टामा निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई नेपाल प्रहरीले कारवाही गरेको छ। स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका कारण उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण बढेपछि अहिले देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये ६ मा आंशिक र ६७ जिल्लामा पूर्ण निषधाज्ञा छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जरिवाना गर्न थालियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ ।संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई...

निषेधाज्ञा अवज्ञा गर्ने हजार बढी सवारी साधन र दुई हजार मानिस 'होल्ड' मा

भक्तपुर प्रहरीले पनि मास्क नलगाउने २ सय १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये ३६ जनालाई भने जरिवाना नै तिराएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।

बाँकेमा निषेधाज्ञा अटेर गर्ने दुई सय जनालाई कारवाही

नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैँ फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थाल्नुभएको छ । यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टिन पठाइएको प्रहरी प्रमुख रानाले जानकारी दिनुभयो । निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रमण रोग नियमन उल्लङ्घन ऐनअन्तर्गत रु १०० जरिवाना लिएर छाडिएको छ ।