निषेधाज्ञा अवज्ञा गर्ने १९ सयभन्दा बढी सवारीसाधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

सम्बन्धित सामग्री

‘निषेधाज्ञा अवज्ञा गर्दै लामो दूरीका बस सञ्चालन गर्छौं’

निषेधाज्ञाकै अवस्थामा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले लामो दूरीका यात्रुबाहक सवारीसाधन (बस) सञ्चालन गर्ने चेतावनी दिएको छ ।कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी आफ्ना मजदुरको रोजीरोटी र व्यवसायको प्रवद्र्धन गर्न बाध्य भएर सवारी साधन सञ्चालन गर्न लागेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । उनले भने, “यो निर्णय हाम्रो कुनै रहरले नभई दैनिक रोजीरोटीको व्यवस्था […]

सबै किसिमका सार्वजनिक सवारीसाधन कहिलेदेखि चल्छन् ?

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले बिहीबार पनि प्रशासनलाई असार २१ गतेपछिको निषेधाज्ञामा उचित निर्णय नभए निषेधाज्ञा अवज्ञा गर्दै सबै किसिमका सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिएका छन् । व्यवसायीहरूले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यस्तो चेतावनी दिएका हुन् ।  यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यातायात व्यवसायी र मजदुरहरू...

निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ९८ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ९८ ओटा सवारीसाधनलाई होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामा १ हजार ६ सय ९ ओटा दुई पाङग्रे, ४०३ ओटा चार पाङग्रे र ८६ ओटा ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

निषेधाज्ञा अवज्ञा गर्ने १५ सय बढी सवारीसाधन कारबाहीमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्ने १५ सयभन्दा बढी सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि जारी निषेधाज्ञालाई अवज्ञा गर्ने १५ सय बढी चार पाङ्ग्रे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, १२ बजेसम्म १५ सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं, विस्तारै थप कडाइ गर्छौं।" उपत्यकाभरी १३ सय प्रहरी परिचालित छन्।

कास्कीमा निषेधाज्ञा : पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ ।  प्रशासनले चैत १५ देखि २१ गतेसम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरूप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन थालेको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४१४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपांग्रे छन्, बाँकी २ पांग्रे हुन् ।   कास्कीमा सार्वजनिक तथा निजी...

निषेधाज्ञाको सातादिनमा ५३ सवारीसाधन नियन्त्रणमा

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न उदयपुरमा लागू गरिएको निषेधाज्ञा अवज्ञा गर्ने आधादर्जन व्यक्ति र ५३ वटा सवारीसाधन नियन्त्रणमा गरी प्रहरीले कारबाही अघि बढाएको छ।