निषेधाज्ञा अवज्ञा गर्ने ४ लाखभन्दा बढीलाई होल्डमा राखियो, करिव दुई लाख सवारी कारबाहीमा

काठमाडौं।गत वैशाख १६ गतेयता निषेधाज्ञा अवज्ञा गर्ने ४ लाख ३६ हजार २५ जना मानिसलाई कारबाहीस्वरुप होल्ड गरी छोडिएको प्रहरीले जनाएको छ।निषेधाज्ञामा सवारी चलाउने १ लाख ९० हजार ८९६ वटा सवारी साधनलाई कारबाही गरिएको छ।यस्तै प्रहरीले वैशाख १६ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने ३६ हजार ३९४ जना मानिसलाई कारबाही गरी ३८ लाख २ हजार २९९ रुपैयाँ जरिवाना गरेको छ।