निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८०७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८ सय ७ वटा सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमा १ हजार २७७ वटा गाडी र २ हजार ५३० वटा मोटरसाइकल रहेका छन्। यस्तै, विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ९ हजार ८५२ जनालाई होल्डमा राखी सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय १ वटा गाडी र १ हजार १ सय ८९ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको दैनिक ट्राफिक बुलेटिनमा जनाइएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ५ सय १२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६८ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ ।