निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई जरिवाना

काठमाडा। बितेको २४ घण्टामा निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई नेपाल प्रहरीले कारवाही गरेको छ। स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका कारण उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण बढेपछि अहिले देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये ६ मा आंशिक र ६७ जिल्लामा पूर्ण निषधाज्ञा छ।

सम्बन्धित सामग्री

मास्क नलगाउनेलाई १०० रुपियाँ जरिवाना

काठमाडौं, (नेस) । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएर जनजीवनलाई नै अस्तव्यस्त बनाउन थालेपछि स्थानीय प्रशासनले जारी गरेको नियममा कडाइ शुरू गरेको छ । प्रशासनले जारी गरेको निर्देशनलाई अवज्ञा गरेको भन्दै प्रशासनले नागरिकमाथिको निगरानी बढाएको छ । सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई कारबाहीस्वरूप १ सय रुपियाँ जरिवाना लिन थालेको छ । जिल्ला प्रशासन […]

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कार्वाही

चितवन। कोरोनाका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कार्वाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कार्वाही गरिएको हो। उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेकाले उनीहरुलाई कार्वाही गरेको हो।

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको […]

कैलालीमा निषेधाज्ञाको अवज्ञा गर्ने ४ बस चालकलाई तिराइयो ६-६ हजार जरिवाना

कैलालीमा जारी निषेधाज्ञाको अवज्ञा गरेर संचालन भएका ४ वटा बसका चालकलाई ६–६ हजार जरिवाना तिराइएको छ।

ललितपुरमा मात्र निषेधाज्ञा अवज्ञा गर्ने ७७ जनाले तिरे जरिवाना

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा बनाइएको छ। प्रहरीले यस पटकको निषेधाज्ञामा अवज्ञा गर्नेलाई होल्डिङ सेन्टरमा राख्ने मात्र होइन जरिवाना समेत लिने गरेको छ। अनावश्यकरुपमा हिंड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लिने गरेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बुधवार मात्र ७७ जनालाई एक सय रुपैयाँ जरिवाना तिराएको…

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञा अवज्ञा गर्ने हजार बढी सवारी साधन र दुई हजार मानिस 'होल्ड' मा

भक्तपुर प्रहरीले पनि मास्क नलगाउने २ सय १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये ३६ जनालाई भने जरिवाना नै तिराएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।

बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना

महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।