निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ९८ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ९८ ओटा सवारीसाधनलाई होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामा १ हजार ६ सय ९ ओटा दुई पाङग्रे, ४०३ ओटा चार पाङग्रे र ८६ ओटा ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने १९ सय ९२ वटा सवारी होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९९२ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ। होल्ड गरिएकामा १ हजार ३०५ वटा दुई पाङग्रे, ४३५ वटा चार पाङ्ग्रे, ९२ वटा ट्याक्सी र १६० वटा अन्य ठूला सवारी साधन रहेका छन्। निषेधाज्ञाका समयमा अत्यावश्यक सेवा र पास भएका बाहेकका सवारी साधनको आवागमनमा निषेध गरिएको छ।

निषेधाज्ञको अवज्ञा गर्ने ३ हजार ५५७ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबीस घण्टामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ३ हजार ५५७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकामध्ये १ हजार ३७ वटा गाडी र २ हजार ५२० वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।निषेधाज्ञा जारी गरिएका स्थानमा प्रहरीले अत्यावश्यक सेवा तथा पास भएकाबाहेक अन्यलाई निषेध गरिएको छ।

निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ८०५ जना होल्डमा

काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने सात हजार ८०५ जनालाई प्रहरीले आज होल्डमा राखी सम्झाई बुझाई छोडेको छ। सोही क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने एक हजार १३० वटा गाडी र एक हजार ९७३ वटा मोटरसाइकल गरी तीन हजार १०३ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८०७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८ सय ७ वटा सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमा १ हजार २७७ वटा गाडी र २ हजार ५३० वटा मोटरसाइकल रहेका छन्। यस्तै, विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ९ हजार ८५२ जनालाई होल्डमा राखी सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ।

बिना काम हिड्ने ३ हजार ८२२ जना प्रहरीको होल्डिङ जोनमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिँडडुल गर्ने ३ हजार ८२२ जनालाई प्रहरीले सोमबार होल्डिङ जोनमा राखेर सम्झाइबुझाई छाडेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंबाट १ हजार ७०५ जना, ललितपुरबाट १ हजार ८६३ जना र भक्तपुरबाट २५४ जनालाई होल्डिङजोनमा राखेर सम्झाइबुझाई छोडिएको थियो।

उपत्यकामा ३ हजार ७ सयभन्दा बढी मानिस नियन्त्रणमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिडडुल गर्ने ३ हजार ७ सय २४ जना मानिसलाई प्रहरीले शनिबार नियन्त्रणमा लिई सम्झाएर छाडेको छ। काठमाडौंबाट १ हजार ६७९ जना, ललितपुरबाट १ हजार ८५२ जना र भक्तपुरबाट १९३ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

निषेधाज्ञा अवज्ञा गर्ने १९ सयभन्दा बढी सवारीसाधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ३९ ओटा सवारी साधनलाई होल्डमा राखियो

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गर्ने २ हजार ३९ वटा सवारी साधनलाई होल्डमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। होल्डमा राखिएकामध्ये १ हजार ४८८ वटा २ पाङ्ग्रे, ३७७ वटा चारपाङग्रे र १७४ वटा ठूला सवारी साधन छन्। ती सवारी साधनलाई बेलुकीमात्र छाडिएको थियो। निशेधाज्ञा अवज्ञा गरी काठमाडौ प्रवेश गर्न खोज्ने २० वटा सवारी साधनलाई नागढुङ्गा र ९० वटालाई भक्तपुर नाकाबाट प्रहरीले फिर्ता पठाइएकोछ।

निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने दुई हजारभन्दा धेरै गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरीले बिहीवार निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा लिइएको जनाएको छ । दुई पाङ्ग्रे एक हजार चार सय ८८ वटा र चार पाङ्ग्रे पाँच सय ५१ वटा गाडीलाई नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ । सरकारले तोकेका मापदण्ड बाहिरका गाडी नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।