बाग्लुङ, ९ भदौ । गलकोट नगरपालिका–६ का देवेन्द्रबहादुर बस्नेतले आफ्ना दिवङ्गत आमाबुवाको स्मृतिमा मन्दिर निर्माण गरेका छन् । उनले आमा कुन्तीकुमारी र बुबा शालिकरामको सम्झनामा सोही वडाको कालीलेकमा ‘कामना’ मन्दिर बनाएका हुन् । ताराखोला र काठेखोला गाउँपालिकासमेत सीमामा पर्ने कालीलेक पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । रु १० लाख खर्चेर मन्दिर निर्माण गरिएको बस्नेतले बताए […]