म्याग्दी । म्याग्दीको ज्यामरुककोटको खड्गभवानी कोतमा ऐतिहासिक सम्पदा संरक्षण र मन्दिर निर्माण अभियान शुरु गरिएको छ । ज्यामरुककोटको खड्गभवानी परिसरमा रहेका ऐतिहाँसिक वस्तुहरुको संरक्षण र पुख्र्यौली पहिचानका लागि ज्यामरुककोटका सापकोटाहरुले २० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण सुरु गरेका हुन् । १६ औं शताब्दीमा बाइसे चौविसे राजाहरुमध्येको शक्तिशाली मानिने पर्वत राज्यको राजनीतिक उथलपुथलको केन्द्र मानिएको ज्यामरुककोटमा […]