पर्वत : ब्राह्मण क्षेत्री लगायतले पूजाआजा गर्दै आएको मन्दिरमा आफूहरूको पूजा नचलाइएको भन्दै पर्वतको कुश्मा नगरपालिका–१ पाङमा दलित समुदायले छुट्टै मन्दिर निर्माण थालेका छन्।पाङको ततरकोटमा रहेको दलित बस्तीले गण्डकी प्रदेश सरकारले तत्कालका लागि विनियोजन गरेको ६ लाख रूपैयाँबाट ततरकोट तल्लो पँधेरो शिव मन्दिर निर्माण आरम्भ गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष रमेश कुमार परियारले बताए।'पूजा आराधनाको समयमा आफूहरूले लगेको धूप बत्तीलाई बेवास्ता गर्ने, नचलाउने, दलित समुदायलाई मन्दिरमा