कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सर्लाहीको क्षेत्रीय अधिवेशनमा सांसद, जिल्ला सभापति र केही पालिका प्रमुख नै पराजित भएका छन् । सदरमुकाम मलंगवामा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को निर्वाचनमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका हालका जिल्ला सभापति नागेन्द्रकुमार राय पराजित भए । उनी संस्थापन पक्षका हुन् ।