काठमाडौं : जापानमा जारी टोकियो ओलम्पिकमा म्याराथनको स्वर्ण केन्याली धावक एलिउड किपचोगेले जितेका छन्।गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनको स्पर्धामा किपचोगेले स्वर्ण जितेका हुन्। नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते।किपचोगेले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए। विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ मिनेट ३