खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ धनचौरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
राजमोका नगर सदस्य मोहन गोराथोकी र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १७, गते दिन आयोजित भेलाले सो समिति गठन गरेको हो ।
लोकबहादुर सापकोटाको अध्यक्षता तथा ईश्वरी पथीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा लक्ष्मी पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सालिकराम पार्दे, नमबहादुर, गुरुङ र ठाकुर गुरुङ्गले भेलालाई शुभकामना दिनुभएको थियो ।
भेलाले धनबहादुर गुरुङको अध्यक्षतामा एघार सदस्यीय टोल समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष लक्ष्मी पन्थी, सचिव ईश्वरी पन्थी, सहसचिव शान्ताराज सुनार, कोषाध्यक्ष छविलाल, सापकोटा र सदस्यहरूमा रामबहादुर गुरुङ, गुमानसिंह गुरुङ, बालाराम सापकोटा, लोक बहादुर सापकोटा, डिलाराम भण्डारी र इमानसिंह सापकोटा रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई मोहन गोराथोकीले बधाइ दिनुभएको थियो ।