परासी । राष्ट्रिय जनमोर्चा नवलपरासीको सङ्घर्ष र सङ्गठन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ को आयोजनामा २०७७ माघ १४ गते सुनवल नगरपालिका वडा नं. ३ नदुवामा भेला सम्पन्न भएको छ ।
भेलाले राष्ट्रिय जनमोर्चाको सात सदस्यीय टोल समिति गठन गरेको छ; जसको अध्यक्षमा अनिता लिम्बु, उपााध्यक्षमा माया श्रीस, सचिवमा उर्मिला क्षेत्री, कोषाध्यक्षमा रिना जिसी र सदस्यहरूमा हर्कध्वज लिम्बुलगायत रहनुभएको छ ।
भेलालाई राजमो जिल्लाध्यक्ष किसनबहादुर अधिकारी र राजमो जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले प्रशिक्षणसहित भेला सफलताको शुभकामना दिनुभएको थियो भने राजमो जिल्ला सदस्य जितबहादुर पौडेलले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिनुभएको थियोे ।
भेलामा सङ्घर्ष र सङ्गठन परिचालन समितिका सदस्य धनपति सापकोटा र शेरबहादुर सूर्यवंशीको पनि उपस्थित थियो ।