नवलपरासीमा राष्ट्रिय जनमोर्चाको टोल समिति

परासी । सुनवल नगरपालिका वडा नं. १ प्रगति टोलमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । राजमो नवलपरासीका जिल्लाध्यक्ष तथा अभियान परिचालन समितिका संयोजक किसनबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । कार्यक्रममा राजमोका जिल्ला सल्लाहकार तथा परिचालन समितिका सदस्य उत्तम खरेल र अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष कुलराज गौतम आतिथ्यता रहेको थियोे । भेलाले बेलकुमारी थापाको अध्यक्षतामा सात सदस्यीय टोल समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष दुर्गा विक, सचिव विजय कुमाल, कोषाध्यक्ष अमर बराली तथा सदस्यहरूमा दुधबहादुर थापा, मकर दर्जी र नैना परियार रहनुभएको छ भने सल्लाहकारमा ओमबहादुर थापा र सोमा सूर्यवंशी मनोनयन हुनुभएको छ। ओमबहादुर थापाको अध्यक्षता र शेरबहादुर सूर्यवंशीको सञ्चालनमा सम्पन्न भेलामा उपस्थित जनसमुदायलाई गिरिराज ज्ञवालीले स्वागत गर्नुभएको थियोे ।

सम्बन्धित सामग्री

प्युठानको स्वर्गद्वारारी धनचौरमा राष्ट्रिय जनमोर्चाको टोल समिति

खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ धनचौरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । राजमोका नगर सदस्य मोहन गोराथोकी र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १७, गते दिन आयोजित भेलाले सो समिति गठन गरेको हो । लोकबहादुर सापकोटाको अध्यक्षता तथा ईश्वरी पथीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा लक्ष्मी पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सालिकराम पार्दे, नमबहादुर, गुरुङ र ठाकुर गुरुङ्गले भेलालाई शुभकामना दिनुभएको थियो । भेलाले धनबहादुर गुरुङको अध्यक्षतामा एघार सदस्यीय टोल समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष लक्ष्मी पन्थी, सचिव ईश्वरी पन्थी, सहसचिव शान्ताराज सुनार, कोषाध्यक्ष छविलाल, सापकोटा र सदस्यहरूमा रामबहादुर गुरुङ, गुमानसिंह गुरुङ, बालाराम सापकोटा, लोक बहादुर सापकोटा, डिलाराम भण्डारी र इमानसिंह सापकोटा रहनुभएको छ । नवनिर्वाचित समितिलाई मोहन गोराथोकीले बधाइ दिनुभएको थियो ।

नवलपरासीको सुनवलमा राष्ट्रिय जनमोर्चाको भेला, वडा र टोल समिति गठन

परासी\तिलकप्रसाद सुवेदी ।। राष्ट्रिय जनमोर्चाको सङ्घर्ष र सङ्गठन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ नवलपरासीको आयोजनामा सुनवल वार्ड नं. ४ को वडा भेला २०७७ माघ १७ गते रमवापुरमा सम्पन्न भएको छ । भेलाले राष्ट्रिय जनमोर्चाको वडा र टोल समिति गठन गरेको छ । प्रमुख अतिथि राजमो जिल्लाध्यक्ष किसनबहादुर अधिकारी र अन्य अतिथिहरू राजमो जिल्ला सल्लाहकारद्वय तिलकप्रसाद सुवेदी र उत्तमराज खरेलले भेला सफलताको शुभकामना साथै समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । भेलाले अनिता खरेलको अध्यक्षतामा राष्ट्रिय जनमोर्चाको सात सदस्यीय ४ नंं. वडा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष गिरिराज ज्ञवाली, सचिव रूपाण् विश्वकर्मा, कोषाध्यक्ष कल्पना जिसी र सदस्यहरूमा शोभा श्रेष्ठ, सुनिता खड्का र चित्रबहादुर गुरुङ रहनुभएको छ । सोही भेलाले भगवति मगरको अध्यक्षमा नौ सदस्यीय रमवापुर टोल समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुमित्रा गुरुङ, कोषाध्यक्षमा डिलमाया आले र सदस्यहरूमा अनिता खरेल, रूपा विश्वकर्मा, सङ्गीता विकलगायत रहनु भएको छ। एवम् प्रकारले भेलालले उत्तमराज खरेल, चन्द्र खड्का र रमेश खड्कालाई सल्लाहकारमा चयन गरेको छ । अनिता खरेलको अध्यक्षता तथाडिल्लीराज ज्ञवालीको सञ्चालन र परिचालन समिति सदस्य गिरिराज ज्ञवालीको स्वागत मन्तव्यमा उक्त भेला सम्पन्न भएको हो ।

प्युठान स्वर्गद्वारी–८ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

खलङ्गा । प्युठान स्वर्गद्वारी–८ मा रास्ट्रीय जनमोर्चा टोल समिति गठन भएको छ । नगर सदस्य घनबहादुर जिएम र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १५ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । भेलाले गठन गरेको समितिमा अध्यक्षमा चोपबहादुर सुनार, सचिवमा पूर्वान जिएम र कोषाध्यक्ष थमबहादुर भन्डारी रहनुभएको छ भने सदस्यहरूमा थालबहादुर जिएम, हरि जिएम, जुठे घर्तीमगर, जीवलाल जिएम रहनुभएको छ । कार्यक्रममा डिलबहादुर पुनले नवनिर्वाचित समितिलाई बधाइ दिनु भएको थियो ।

राष्ट्रिय जनमोर्चाको टोल समिति नवलपरासी सुनवल–३ मा

परासी । राष्ट्रिय जनमोर्चा नवलपरासीको सङ्घर्ष र सङ्गठन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ को आयोजनामा २०७७ माघ १४ गते सुनवल नगरपालिका वडा नं. ३ नदुवामा भेला सम्पन्न भएको छ । भेलाले राष्ट्रिय जनमोर्चाको सात सदस्यीय टोल समिति गठन गरेको छ; जसको अध्यक्षमा अनिता लिम्बु, उपााध्यक्षमा माया श्रीस, सचिवमा उर्मिला क्षेत्री, कोषाध्यक्षमा रिना जिसी र सदस्यहरूमा हर्कध्वज लिम्बुलगायत रहनुभएको छ । भेलालाई राजमो जिल्लाध्यक्ष किसनबहादुर अधिकारी र राजमो जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले प्रशिक्षणसहित भेला सफलताको शुभकामना दिनुभएको थियो भने राजमो जिल्ला सदस्य जितबहादुर पौडेलले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिनुभएको थियोे । भेलामा सङ्घर्ष र सङ्गठन परिचालन समितिका सदस्य धनपति सापकोटा र शेरबहादुर सूर्यवंशीको पनि उपस्थित थियो ।

प्युठान स्वर्गद्वारी–८ मा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ बर्जिवाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । राजमो स्वर्गद्वारी नगर सदस्य घनबहादुर जिएम र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १४ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । समिति यस्तो रहेको छ– अध्यक्ष डम्मरबहादुर खत्री, सचिव डिलबहादुर पुन, कोषाध्यक्ष कमला थापा, सदस्यहरू टिका थापा, खिमबहादुर खत्री, चित्रबहादुर खत्री र खोमबहादुर खत्री । नवनिर्वाचित समितिलाई घनबहादुर जिएमले बधाई दिनुभएको थियो ।

दाङको घोराही–१७ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

दाङ । दाङको घोराही–१७ पनौरामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । मनिराम पोख्रेलको अध्यक्षता तथा राजमो दाङ जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । भेलामा राजमो दाङका जिल्ला सल्लाहकार ननुकान्त आचार्य, राजमोका जिल्ला सदस्य खडानन्द खनाल र अखिल नेपाल महिला सङ्घकी जिल्ला सचिव सारदा थापाको पनि आतिथ्त्यता रहेको थियोे । राजमो वडा सदस्य टोपाराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण राजमोकी जिल्ला सदस्य कृष्णा रानाले गर्नुभएको थियोे । भेलाले मनिराम पोख्रेलको अध्यक्षतामा टोल समिति चयन गरेको छ; जसको उपाध्यक्षमा लुमा कालाथोकी, सचिवमा घनश्याम कोइराला, कोषाध्यक्षमा पिमा पोख्रेल र सदस्यहरुमा गोविन्दप्रसाद आचार्य, गीता पोख्रेल र अमृता पोख्रेल रहनुभएको छ भने सल्लाहकारमा झबिलाल कालाथोकी र टोपाराम भट्टराई रहनुभएको छ ।

नवलपरासीको सुनवलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

परासी । नवलपरासी सुनवल नगरपालिका वडा नं. ३ कीर्तिपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । २०७७ माघ १२ गते भएको एक भेलाले राष्ट्रिय जनमोर्चाको कीर्तिपुर टोल समिति गठन गरेको हो । राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला नेता तिलक प्रसाद सुवेदीको प्रशिक्षण, राजमो जिल्ला सदस्य शेरबहादुर सूर्यवंसी र अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष कुलराज गौतमको उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भेलाले गठन गरेको टोल समितिको अध्यक्षतमा यमप्रसाद भुसाल, सचिवमा बादलकुमारी गौतम, कोषाध्यक्षमा ईन्द्रप्रसाद भुसाल र सदस्यहरूमा पूर्णकला भुसाल र बुद्धीकुमारी गौतम रहनुभएको छ। भेलाले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी संसद विघटनको घोर भत्र्सना गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।

ढोरपाटन ४ मा युवक संघको टोल समिति

ईन्द्रमणि पाण्डे, बागलुङ । अखिल नेपाल युवक संघ ढोरपाटन नगरपालिका अन्तर्गत ढोनपा ४ रिखुवामा टोल समिति गठन गरिएको छ । राष्ट्रिय जनमोर्चा वडा सचिव कुलबहादुर छन्त्यालको उपस्थितिमा भएको भेलाले कोपिल अर्गेजाको अध्यक्ष्तामा टोल समिति गठन गरेको हो । जसको सचिव श्याम कुमार हर्मेल, कोषाध्यक्ष नवीन अर्गेजा लगायत रहनुभएको छ । कार्यक्रम कोपिल अर्गेजाको अध्यक्षता र टेकबहादुर हर्मेलको स्वागतमा सम्पन्न भएको बताईएको छ ।

नवलपरासीमा राष्ट्रिय जनमोर्चाको टोल समिति

परासी । सुनवल नगरपालिका वडा नं. १ पायोनियर सोमनाथमा २०७७ माघ ७ गते भएको एक भेलाले राष्ट्रिय जनमोर्चा गाउँ समिति गठन गरेको छ । बयोवृद्ध राजमो सदस्य डिलकुमारी गौतमको अध्यक्षता, कुलराज गौतमको सञ्चालन र उत्तमराज खरेलले स्वागत मन्तव्यका साथ सम्पन्न भेलाले सो समिति गठन गरेको हो । भेलाले दुर्गा जिसीको अध्यक्षतामा नौ सदस्यीय गाउँ समिति गठन गरेको छ, जसमा उपाध्यक्ष तारा गौतम, सचिव शुष्मा थापा, कोषाध्यक्ष कमल विक र सदस्यहरूमा शान्ति पौडेल, प्रेम खत्री, सीता केसी, मेघराज गौतम र सन्तोष शर्मा रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राजमो जिल्ला अध्यक्ष तथा अभियान परिचालन समिति संयोजक किसनबहादुर अधिकारीर परिचालन समितिका सदस्य धनपति सापकोटाले निर्वाचित पदाधिकारीलाई शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

दाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

दाङ । दाङ राजपुर गाउँपालिका–७ हाडबासमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजालको विशेष उपस्थितिमा २०७७ पुस २९ गते आयोजित भेलामाझ सो समिति गठन गरिएको हो । भेलाले टेकबहादुर डाँगीको अध्यक्षतामा पाँच सल्लाहकारसहितको १६ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा दामोदर भण्डारी, कोषाध्यक्षमा भागिनाथ कुँवर र सहसचिवमा अर्जुन योगी रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा कमल केसी, ईन्द्रबहादुर वली, रूपनाथ योगी, धनसरी सार्की, विशाल बुढा र शालिग्राम वली रहनुभएको छ । समितिको सल्लाहकारमा चन्द्रवीर कुमाल, पुन डाँगी, लक्ष्मी भण्डारी, दुर्गीनाथ कँवर र सीता भण्डारी रहनुभएको छ । दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदासको पनि उपस्थिति रहेको थियो ।