दाङ । दाङ राजपुर गाउँपालिका–७ हाडबासमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजालको विशेष उपस्थितिमा २०७७ पुस २९ गते आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
भेलाले टेकबहादुर डाँगीको अध्यक्षतामा पाँच सल्लाहकारसहितको १६ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा दामोदर भण्डारी, कोषाध्यक्षमा भागिनाथ कुँवर र सहसचिवमा अर्जुन योगी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा कमल केसी, ईन्द्रबहादुर वली, रूपनाथ योगी, धनसरी सार्की, विशाल बुढा र शालिग्राम वली रहनुभएको छ ।
समितिको सल्लाहकारमा चन्द्रवीर कुमाल, पुन डाँगी, लक्ष्मी भण्डारी, दुर्गीनाथ कँवर र सीता भण्डारी रहनुभएको छ ।
दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदासको पनि उपस्थिति रहेको थियो ।