दाङ । दाङको घोराही–१७ पनौरामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
मनिराम पोख्रेलको अध्यक्षता तथा राजमो दाङ जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो ।
भेलामा राजमो दाङका जिल्ला सल्लाहकार ननुकान्त आचार्य, राजमोका जिल्ला सदस्य खडानन्द खनाल र अखिल नेपाल महिला सङ्घकी जिल्ला सचिव सारदा थापाको पनि आतिथ्त्यता रहेको थियोे ।
राजमो वडा सदस्य टोपाराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण राजमोकी जिल्ला सदस्य कृष्णा रानाले गर्नुभएको थियोे ।
भेलाले मनिराम पोख्रेलको अध्यक्षतामा टोल समिति चयन गरेको छ; जसको उपाध्यक्षमा लुमा कालाथोकी, सचिवमा घनश्याम कोइराला, कोषाध्यक्षमा पिमा पोख्रेल र सदस्यहरुमा गोविन्दप्रसाद आचार्य, गीता पोख्रेल र अमृता पोख्रेल रहनुभएको छ भने सल्लाहकारमा झबिलाल कालाथोकी र टोपाराम भट्टराई रहनुभएको छ ।