प्युठान स्वर्गद्वारी–८ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

खलङ्गा । प्युठान स्वर्गद्वारी–८ मा रास्ट्रीय जनमोर्चा टोल समिति गठन भएको छ । नगर सदस्य घनबहादुर जिएम र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १५ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । भेलाले गठन गरेको समितिमा अध्यक्षमा चोपबहादुर सुनार, सचिवमा पूर्वान जिएम र कोषाध्यक्ष थमबहादुर भन्डारी रहनुभएको छ भने सदस्यहरूमा थालबहादुर जिएम, हरि जिएम, जुठे घर्तीमगर, जीवलाल जिएम रहनुभएको छ । कार्यक्रममा डिलबहादुर पुनले नवनिर्वाचित समितिलाई बधाइ दिनु भएको थियो ।

सम्बन्धित सामग्री

बागमती हाप्किडोको राष्ट्रिय च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो । ४ स्वर्ण, ८ रजत तथा १४ काश्य पदक जितेको लुम्बिनी प्रदेश […]

प्युठान स्वर्गद्वारी–८ मा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ बर्जिवाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । राजमो स्वर्गद्वारी नगर सदस्य घनबहादुर जिएम र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १४ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । समिति यस्तो रहेको छ– अध्यक्ष डम्मरबहादुर खत्री, सचिव डिलबहादुर पुन, कोषाध्यक्ष कमला थापा, सदस्यहरू टिका थापा, खिमबहादुर खत्री, चित्रबहादुर खत्री र खोमबहादुर खत्री । नवनिर्वाचित समितिलाई घनबहादुर जिएमले बधाई दिनुभएको थियो ।

प्युठान स्वर्गद्वारी–८ मा राष्ट्रिय जनमोर्चा गाउँ समिति गठन

खलङ्गा । प्युठानको स्वर्गद्वारी नगरपालिका–८ मौधारामा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ । राजमो नगर सदस्य घनबहादुर जिएम, खोपबहादुर राउत र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १३ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । थम्मन पुनको अध्यक्षता, बेगम थापाको सञ्चालनबाट अघि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई मोहनलाल थापाले स्वागत गर्नुभएको थियो । भेलाले बेगम थापाको अध्यक्षतामा नौ पूर्ण चार वैकल्पिक गरी जम्मा १३ सदस्यीय राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन गरेको छ । जसमा उपाध्यक्ष थम्मन पुन, सचिव सावित्रा थापा, कोषाध्यक्ष शान्ता कुँवर, सहसचिव गङ्गाराम थापा, सदस्यहरू कृष्णा थापामगर, रूमा थापामगर, मोहन थापा, भानु थापा तथा वैकल्पिक सदस्यहरूमा गाइत्रा थापा, जानकी केसी, भुपालसिंह पुन र खिमा थापा रहनुभएको छ । नवनिर्वाचित समितिलाई मिनराज पुन र डिलबहादुर पुनले बधाई दिनुभएको थियो ।

प्युठान स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

खलङ्गा । एकमहिने सङ्गठन तथा सङ्घर्षको कार्यक्रमअन्र्गत प्युठानको स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गिरबहादुर को प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका वडा नं. ५ ओर्लामा सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रमुख अथिति गिरबहादुर गुरुङले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा राष्ट्रिय जनमोर्चाको वडा समितिका अध्यक्ष दामोदर गोराथोकीलगायत यमप्रसाद घिमिरे, लङ्क घर्तीमगर र अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य खुमा अधिकारीको समेत आतिथ्यता रहेको थियो । सो अवसरमा डिलबहादुर बुढामगरको अध्यक्षतामा राष्ट्रिय जनमोर्चाको सात सदस्यीय को टोल समिति गठन गरिएको थियो। त्यसैगरी वडा नं. ७ कै तापकोटमा डोरबहादुर सुनारको अध्यक्षतामा सात सदस्यीय अर्को टोल समिति गठन भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्युठानमा घुस्टुङमा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन

खलङ्गा । प्युठान स्वर्गद्वारी–८ घुस्टुङमा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ । राजमोका नगर सदस्य घनबहादुर जिएम र डा इन्चार्ज शिव पन्थीको विशेष उस्पस्थितिमा २०७७ माघ १२ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । शेरबहादुर पुनको अध्यक्षता तथा मिनराज पुनको सञ्चालनमा अगाडि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई रामबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको । भेलाले भूपबहादुर घर्तीको अध्यक्षतामा सात सदस्यीय राजमोको गाउँ समिति गठन गरेको छ । समितिमा सचिव अम्मर पुन र कोषाध्यक्षमा रामबहादुर पुन रहनुभएको छ । त्यस्तै, सदस्य जुठी पुन, खिमराज पुन, इमानबहादुर सुनार र यङ्गबहादुर जिसी रहनुभएको छ। नवनिर्वाचित समितिलाई शिव पन्थीले बधाई दिनुभएको थियो ।

प्युठान झिमरुकमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला

खलङ्गा । प्युठान, झिमरुक–३ आफरेखोला कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको आयोजनामा शनिवार प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । प्रशिक्षणात्मक भेलामा प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घ (अप्फा) झिमरुकका सदस्य एवम् वडा नं. ३ का अध्यक्ष मीनबहादुर खत्रीले तालीको गडगडाहटका साथमा सम्बोधन गर्नुभयो । उहाँले नेपालमा राजमोले समर्थन गरेको दुईतिहाइ बहुमतप्राप्त गरेको ओली सरकारले अनावश्यक सत्ता खिँचातानीमा प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी शक्तिलाई खुसी पार्ने काम गरेको बताउनुभयो । कार्यक्रममा राजमोका जिल्ला सदस्य तथा झिमरुक गाउँपालिका समितिका सचिव केसरजङ्ग एमसी, जातीय समता समाजका जिल्ला कोषाध्यक्ष विनोद विक, राजमो वडा नं. ३ का सचिव एवम् वडासदस्य नवराज केसी, राजमोका पूर्व वडासदस्य रणबहादुर जिसी, समाजसेवी निजबहादुर जिसी, राजमो वडा नं. ३ का कोषाध्यक्ष धर्मबहादुर केसी, अखिल नेपाल महिला सङ्घ वडा नं. ३ की सदस्य कल्पना जिसी र जबुना वक, अखिल (छैठौं) दाङका जिल्ला सचिव लक्ष्मण पजक, अखिल नेपाल युवक सङ्घ झिमरुक–३ का सदस्य किरण जिसी र हरि बिकले सम्बोधन गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका परिषद् सदस्य कृष्ण बराल विकले प्रगतिशील कविता वाचन गर्नुभएको थियो । भेलाले राष्ट्रिय जनमोर्चाको आफरेखोला कुटेडाँडा टोल समिति गठन गरेको छ । समितिको अध्यक्षमा भीम बहादुर कार्की, उपाध्यक्षमा निजबहादुर केसी, कोषाध्यक्षमा अमृता परियार र सचिव बिसना विक रहनुभएको छ । त्यस्तै सदस्यहरूमा रणबहादुर जिसी, मोहन केसी, होमबहादुर महतरा, कमला परियार, भूमा विक, रामबहादुर जिसी, कुशुम परियार र सुनिता विक रहनुभएको छ । भीमबहादुर कार्कीको अध्यक्षतामा तथा जुमान विकको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा सहिदहरूको सम्झनामा एकमिनट मौन धारणपश्चात उपस्थितत जनसमुदायलाई रमा परियारले मन्तब्यमार्फत स्वागत गर्नुभयो ।

प्युठान मल्लरानीको चार वटा वडामा राष्ट्रिय जनमोर्चाको एकैसाथ भेला सम्पन्न

कमल पौडेल/प्युठान ।। मल्लरानी गाउँपालिका चार वटै वडाहरूमा आज माघ १० गते एकैसाथ राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छ्न । १ नं. वडामा रुमान केसीको अध्यक्षता तथा राजमो मल्लरानीका अध्यक्ष सूर्यबहादुर सार्कीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सफलताको शुभकामना दिनेहरूमा अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, वडाध्यक्ष चिन्ताबहादुर राहु, अखिल नेपाल युवक सङ्घका जिल्ला उपाध्यक्ष कमल पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य जीवन राहुले र सञ्चालन चुमानसिंह घर्तीमगरले गर्नु भएको थियो । भेलापछि १ नं. वडामा यही माघ १४ देखि २० गतेसम्म सबै टोलटोलमा पुगेर भेला, समिति गठन, पर्चा वितरण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी, वडा नं. २ मा गणेश जिसीको अध्यक्षतामा मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाको प्रमुख आतिथ्यथामा भेला अगाडि बढेको थियो । भेलामा २ नं. वडाध्यक्ष लेखबहादुर थापा, राजमो मल्लरानीका सचिव जीवन केसी, अखिल नेपाल शिक्षक सङ्घका दिनामणि पौडेललगायतले शुभकामा दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सोभबहादुर घर्तीले गर्नुभएको थियो । माघ ११ देखि २० गतेसम्म टोलटोलमा पुगी भेला, समिति गठन/पुनर्गठन गर्ने कार्यक्रम तय भएको प्राप्त समाचारमा जनाइएको छ । एवम् प्रकारले वडा नं. ३ मा पनि गिरिराज पौडेलको अध्यक्षता तथा राजमो केन्द्रीय सदस्य तथा प्युठान जिल्लाध्यक्ष कृष्णबहादुर खड्काको उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले यही माघ १६ देखि २४ गतेसम्म वडाका सबै टोलटोलमा पुगि भेला, समिति गठन, प्रशिक्षणजस्ता कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम गङ्गाराम पौडेलले सञ्चालन गर्नुभएको थियो । त्यस्तै, मल्लरानी ४ नं. वडाको भेला पनि खलङ्गामा आजै सम्पन्न भयको छ । नारायण पान्डेको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख केसवराज आचार्यको प्रमुख आतिथ्यतामा अगाडि बढेको उक्त कार्यक्रममा मल्लरानी गाउँपालिकाकी उपाध्यक्ष सरिता जिसी, शिक्षक सङघ–सङ्गठनका जिल्ला उपाध्यक्ष कल्याण खड्का, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य हुमलाल नेपालीका साथै बासु श्रेष्ठ, माधव श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाले तीन वटा टोली बनाई यही फागुन ११ देखि २९ गतेसम्म सबै बस्ती, टोलटोलमा पुगी भेला, समिति गठन, पर्चा वितरण गर्ने कार्यक्रम तय ...

प्युठान स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

खलङ्गा । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानअन्तर्गत स्व स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ को सारीमा प्रशिक्षण सम्पन्न भएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष तथा राजमो प्युठानको टोली नम्बर ३ का संयोजक गिरबहादुर गुरुङको प्रमुख आथिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ६ का वडासदस्य तथा टोली नम्बर ३ का सदस्य मोहन गोराथोकी, वडा नम्बर ७ का वडासदस्य यमप्रसाद घिमिरे र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य यमप्रसाद शर्माको समेत आतिथ्यता रहेको थियो । राजमो नगर समितिका सचिव तथा टोली नम्बर ३ का सदस्य गङ्गाराम बिसीको सन्चालन तथा राजमो सारिका नेता बालाराम घर्तीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको अध्यक्षता राजमो ५ नम्बर वडा समितिका अध्यक्ष खेतबहादुर राहुले गर्नुभएको थियो

प्युठान माण्डवीमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला

खलङ्गा । प्युठान माण्डवी–४ को दमारस्थित अमर क्याम्पसमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । ओली सरकारको अलोकतान्त्रिक कदमको विरोधमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष इमानसिंह केसी तथा अतिथिहरूमा नगर उपाध्यक्ष इन्द्रबहादुर खड्का, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार थमन बुढा, स्वर्गद्वारी नगरपालिका–४ का वडासदस्य ओबिराम जिएम र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गिरिराज परियार हुनुहुन्छ । कार्यक्रममा वर्तमान राजनीतिक परिस्थितिबारे इमानसिंह खड्का र ओबिराम जिएम, सामाजिक जनजागरणबारे इन्द्रबहादुर खड्का, पार्टीको नीति, सिद्धान्त र जनवादी केन्द्रीयताबारे थमन बुढाले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा चुमानसिँह केसीको अध्यक्षता रहेको थियो ।

प्युठान झिम्रुकमा राष्ट्रिय जनमोर्चाको भेला

खलङ्गा । झिम्रुक गाउपालिका वडा नम्बर ५ को भेला राजमो वडाध्यक्ष निमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त भेलामा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिनुभएको थियो । भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचीव वीरबहादुर जिसी र वडाध्यक्ष टीका जिसीको पनि आतिथ्यता रहेको थियो । भेलाले ओली सरकारको संसद विघटन गर्ने असंवैधानिक र अप्रजातान्त्रिक कार्यको विरुद्धमा जनचेतना अभियान सन्चालन गर्ने निणय गरेको छ। त्यसैगरी, वडालाई आठ वटा टोलमा विभाजन गरी जनचेतना र सङ्गठन विस्तार अभियानका लागि आठ वटा टोली परिचालन गर्ने निणय गरेको छ । साथै भेलाले आगामी माघ २५ गते हिरापोखरीमा वडास्तरीय सभा गर्नेसमेत निणय गरेको प्राप्त समाचारमा जनाइएको छ ।